बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते

काठमाडाैं | बैशाख २९, २०७९

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना हुँदा ३० जना घाइते तस्बिरः सुवास नेपाली

डोटी- डोटीमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुराका लागि छुटेको सु.प.प्र. ०१००१ ख ३१०८ नम्बरको बस जिल्लाको पुर्बिचौकी गाउँपालिका ४ सानागाँउमा दुर्घटनामा परेको हो ।

 

सानागाँउ प्रहरी चौकी नजिक बस दुर्घटना हुँदा कम्तीमा ३० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बस सडकबाट करिब ३०-४० मिटर तल खसेको छ ।

 

दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना प्राथमिक उपचारसहित खटिएको निर्वाचन सुरक्षा टोलि, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार गरेको छ ।

 

घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको भैरवप्रसाद गणको सह सेनानी सौरभ चौधरीले जानकारी दिनुभयो ।

 

घाइतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेकाो र गम्भिर घाइतेहरूलाई उपचारका लागी जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।-

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्